मनोहर कप भलिबल: सेमिफाइनल समिकरण पूरा
पाेखरा | माघ २, २०८२
पोखरा: पोखरामा जारी मनोहर कप तेस्रो क्लब स्तरीय खुला पुरुष भलिबल प्रतियोगिताको सेमिफाइनल समिकरण पूरा भएको छ ।
पोखरा–१४ मनकामना टोलको खेल मैदानमा जारी प्रतियोगितामा शुक्रबार नवज्योति क्लब र पोखरा युनाइटेड क्लबले सेमिफाइनलमा स्थान पक्का गरेका हुन् ।
नवज्योति क्लबले एपिएफ पोखरामाथि रोमाञ्चक जित निकाल्दै सेमिफाइनलमा पुग्न सफल भयो । पहिलो सेट २५–२३ ले जितेको एपिएफ पोखराले दोस्रो सेट २२–२५ ले नवज्योतिलाई सुम्पियो । तेस्रो सेटमा पुनः २५–१८ ले जित निकाल्दा एपिएफ पोखराले चौथो सेट १७–२५ ले नवज्योतिलाई सुम्पिँदा खेल पाँचौं सेटमा धकेलिएको थियो । पाँचौं सेटमा १६–१४ को रोमाञ्चक जित निकाल्दै नवज्योतिले सेमिफाइनलको यात्रा तय ग¥यो ।
शुक्रबार भएको अर्को खेलमा पोखरा भलिबल टे«निङ सेन्टरलाई ३–० को सोझो सेटमा पराजित गर्दै पोखरा युनाइटेडले सेमिफाइनलमा स्थान बनायो । युनाइटेडले पहिलो सेट २५–१५, दोस्रो सेट २५–२२ र तेस्रो सेट २५–२३ ले जित दर्ता ग¥यो । मनोहर युवा क्लब ‘ए’ र पकुवा भलिबलले यसअघि नै सेमिफाइनलमा स्थान पक्का गरेका थिए ।
प्रतियोगिताको पहिलो सेमिफाइनल आयोजक मनोहर क्लब र नवज्योति क्लबबिच भोलि बिहान ८ बजेबाट सुरु हुनेछ । त्यसपछि दोस्रो सेमिफाइनल पोखरा युनाइटेढ र पकुवा भलिबलबिच हुनेछ । फाइनल खेल पनि भोलि नै हुने तालिका छ ।
माघ ३ गतेसम्म चल्ने प्रतियोगिताको विजेता टोलीले एक लाख ७५ हजार ५५५ रुपैयाँसहित ट्रफी, शिल्ड, मेडल र प्रमाणपत्र पाउनेछन् । दोस्रो हुने टोलीलाई एक लाख एक हजार १११ रुपैयाँ प्रदान गरिनेछ ।
सेमिफाइनलमा पुग्ने दुई टोलीले समान २० हजार पाउनेछन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई ८ हजार र विधागततर्फ उत्कृष्ट हुने खेलाडीलाई जनही ५ हजार प्रदान गरिने आयोजकले जनाएको छ ।
पोखरा: गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगका पोखरा कार्या...
नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्। बिहान करिब ४ बजे नेपालगञ्जबाट...
पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ। नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

